काठमाडौँ । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । साे सहमतिलाइ बुधबार बसेको मन्त्रिपरिषद्ले अनुमोदनसमेत गरेको छ ।
९ बुँदे सहमतिपत्र सार्वजनिक गर्दै शिक्षामन्त्री रघुजी पन्तले सहमति कार्यान्वयन गर्न सरकारलाई ८ अर्ब दायित्व बढ्ने जानकारी पनि गराए ।
वार्तापछि पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिएका हुन् ।
साथै आगामी २०८२ असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
योसँगै शिक्षकहरुले जारी आन्दोलन स्थगन गर्ने भएका छन् ।























