काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
आजको बैठकमा शिक्षकहरूसँग भएको सहमतिबारे निर्णय लिइँदैछ ।
मन्त्रिपरिषद् बस्नुअघि सरकार र शिक्षकहरूबीच छलफल भएको थियो । छलफलमा विभिन्न ९ बुँदामा सहमति बनेको बताइएको छ ।























