काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्किएलगत्तै पक्राउ परेका चार भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार उक्त आदेश दिएको हो । अदालतले उनीहरूलाई झापास्थित बेलडागी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा राख्न र ६० दिनभित्र अनुसन्धान टुंग्याउन भनेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलका अनुसार, आदेशपछि प्रहरीले उनीहरूलाई थुनामुक्त गर्नेछ । उनीहरूका तर्फबाट नारायणकुमार सुवेदीले गृह मन्त्रालयलाई प्रतिवादी बनाउँदै वैशाख ३ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।