काठमाडौं । संघीय संसद्को बर्खे अधिवेशन शुरु हुनुअघि नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
शनिबार दिउँसो २ बजे बैठक बस्ने तय गरिएको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।
शुक्रबारदेखि शुरु हुने अधिवेशनलाई प्रभावकारी बनाउन आवश्यक रणनीति र तयारीबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।
पार्टीले सांसदहरूको भूमिकालाई स्पष्ट पार्न र आगामी कदम तय गर्न बैठक आयोजना गरेको बताइएको छ ।