काठमाडौं । आन्दोलनरत शिक्षक तथा कर्मचारीका माग सम्बोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच आज बालुवाटारमा छलफल भएको छ ।
मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्रीसँग मन्त्री भट्टराईले भेट गरी मन्त्रालयले तयार पारेको सात बुँदे प्रस्तावबारे कुराकानी गरेकी हुन् ।
शिक्षकको तलब १७ हजार ३०० तोक्ने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज ल्याउने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन र मर्यादा क्रम कायम गर्ने लगायतका प्रस्ताव मन्त्रिपरिषदमा पेस गरिनेछ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री र शिक्षामन्त्रीबीचको यो छलफल स्वाभाविक रहेको बताइएको छ ।























