काठमाडौं । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक आज बस्दैछ । आइतबार कुनै सहमति नजुटेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेर निर्णय नगरी टुंगिएको बैठकले आज निरन्तरता पाउने भएको हो । आइतबार न्यायाधीश नियुक्ति गर्ने गरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो ।
यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका सम्बन्धमा बैठक बसेकोमा उक्त दिन पनि सहमति जुट्न सकेको थिएन । हाल देशभर जिल्ला, उच्च र सर्वोच्च गरी अदालतहरूमा ३३ न्यायाधीश रिक्त छन् ।























