काठमाडौं । सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका रा.प्र.पाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् ।
नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुराएका सातै जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् । उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।























