काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतले उनीहरूसहित २० जनाविरुद्ध थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । यी नेताहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका छन् ।
त्यसैगरी, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका अन्य व्यक्तिहरूलाई पनि १५ दिनको म्याद थप गरिएको छ ।
पक्राउ परेकाहरूको संख्या ७३ पुगेको छ, जसमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएका व्यक्ति छन् । १५ चैतमा भएको प्रदर्शनका क्रममा दुई जनाको ज्यान समेत गएको थियो ।