काठमाडौं । प्रहरीसँगको झडपपछि राजावादी प्रदर्शनकारीले स्थानीयको एक व्यक्तिको घरमा आगो लगाएका थिए । आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।
प्रदर्शन अराजक बन्दै जाँदा सशस्त्र प्रहरीले हवाइ फायर गरेको छ । ढुंगामुढाबाट केही प्रहरी घाइते भएका छन् । ढुंगामुढाबाट बच्न प्रहरीले चार राउन्ड हवाइफायर गरेका थिए । त्यसपछि तितरवितर भएका प्रदर्शनकारी फेरि मुडभेडमा निस्किएका छन् ।
राजावादी प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईँ आफैँले प्रदर्शन भड्काएका छन् । उनको पछुवा गाडी प्रहरीको घेरा तोडेर बानेश्वरक्षेत्रतर्फ अघि बढाएर प्रदर्शन विधोलेका हु्न । जसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।
यसपछि प्रदर्शनकारीले झन् उग्र हुँदै केही घरमा तोडफोड र आगजनीसमेत गरेका छन् । अहिले तीनकुने क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीहरु पनि घाइते भएका छन् ।