काठमाडौं । तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शन स्थल तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजे पछि प्रहरीले वल प्रयोग गरेको छ । राजावादीहरूले तीन व्यक्तिका घर पनि तोडफोड गर्न थालेका छन् भने प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।
अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ । प्रदर्शन बिथोलिएपछि राजावादीका नेताहरू सम्वोधन स्थल छाडेर हिडेका छन् ।
सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी रहेकै बेला सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ । प्रदर्शनकारीहरुले प्रधानमन्त्री र सरकारविरुद्ध नारा लगाइरहेका छन् ।