काठमाडौं । तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केहीलाई नियन्त्रणमा लिएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट आएका प्रदर्शनकारीहरु प्रहरीले बानेश्वरतर्फ जाने बन्द गरेको सडकको घेराघेरा तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
दुर्गा प्रसाईँको गाडी प्रहरीको घेरा तोडेर अगाडि बढपछि तनाव सिर्जना भएको हो । प्रहरीले ५ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । पहिलो घेरामा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले दोस्रो घेरा उच्च सतर्कता अपनाइएको छ भने थप प्रहरी परिचालन गरिएको छ ।