विराटनगर । प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन सुरु भएको छ । संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा विराटनगरमा सुरु भएको हो ।
अधिवेशनमा देशभरका झण्डै एक हजारभन्दा बढी पत्रकार भेला भएको प्रेस चौतारी नेपालका छन् ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमालेका केन्द्रीय नेताहरू, पत्रकारहरूका विभिन्न पेसागत संगठनका नेताहरू लगायतको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्माररिका विमोचन गरिएको छ भने प्रेस चौतारी नेपालले प्रदान गरेको विभिन्न पुरस्कार पनि प्रदान गरिएको छ । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन मंगलबार सकिने छ ।
नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राई भिड्दैछन् । माउ पार्टीले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गर्न भने पनि प्रतिनिधिहरुले निर्वाचनबाटै नयाँ नेतृत्व चयन हुनुपर्ने माग गरेका छन् । निर्वाचन भएमा राईले जित्ने प्रवल सम्भावना रहेको पत्रकारको राजनीतिमा लामो अनुभव भएका एक प्रतिनिधिले बताए ।