काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, दुर्गा प्रसाईको मातृभूमि वचाउ महाअभियानलगायतका राजावादी दल तथा संस्थाहरूको प्रदर्शनले काठमाडौँको सवारी आवागमन प्रभावित भएको छ ।
प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर जम्मा भएपछि तीनकुने चाबहिल रुट प्रभावित भएको छ भने सो रुटका सवारी साधान डाइभर्ट गर्दा काठमाडौँ उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ ।
तीनकुने–चाबाहिल चक्रपथ सडकमा चल्ने सवारीलाई वैकल्पिक सडकमा पठाइएको छ । विमानस्थलतर्फ टिकट भएका यात्रुलाई मात्रै पठाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किन साढे ३ बजे चार्टड विमान चढिसकेका छन् ।
उनलाई स्वागत गर्ने नाममा राजावादीहरूले प्रदर्शन गरेपछि सुरक्षा सतर्कता बढाइएको छ । राजावादीहरुले उनलाई एयरपोर्ट गेटमा स्वागत गरेर निर्मल निवाससम्म पुर्याउने तयारी गरेका छन् ।

























