काठमाडौं । टेकुस्थित ढलभित्र छिरेका एक युवकको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका उनलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका अन्दाजी ३१/३२ वर्षका पुरुषको वतन खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
आइतबार बिहान ६ः४५ बजे उनी ढलमा खसेका थिए । ढलमा खसेको जानकारी पाउनसाथ प्रहरीको विपद् व्यवस्थापनको टोलीले उद्धार गरेको हो ।
उद्धार गरिएका व्यक्ति सुस्त मनस्थितीको रहेको र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ ।

























