काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् । उनी आठौँ पटक अध्यक्षमा निर्वाचित भएका छन्।
बिजुक्छेको नेतृत्वमा २०३१ साल माघ १० गते नेमकिपाको स्थापना भएको थियो। नेमकिपा स्थापना भएदेखि नै विजुक्छे अध्यक्ष छन् ।
नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो। उनीसँगै पार्टीको सचिवमा प्रेम सुवाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति निर्वाचित भएका हुन्। अधिवेशनले २९ सदस्य नयाँ कमिटी बनाएको छ। साथै ४ सदस्य वैकल्पिक सदस्य समेत गठन भएको छ । (रासस)