काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारतको कलकत्ता डाइभर्ट गरिएको छ ।
मौसम खराबीका कारण विमान अवतरण हुन नसकेको हो ।
परराष्ट्रमन्त्री राणा जेनेभामा राष्ट्रसंघको बैठकबाट स्वदेश फर्किँदै थिइन् ।
जेनेभामा भएको राष्ट्रसंघको बैठकमा सहभागी भएर उनी सवार जहाज कतारको दोहा हुँदै काठमाडौं अवतरण गर्ने तालिका थियो ।

























