धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्वरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको छ ।
चालक र सह–चालकसहित २४ जना सवार रहेकामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुर्घटनामा परेको बस अहिले घटना स्थलमै रहे पनि बाटो अवरोध नभएको प्रहरीले जनाएको छ ।

























