भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गएराति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा परेका रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ भने रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।

























