काठमाडौँ । क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। विमान पल्टिदाँ ३ जना गम्भीर घाइते भएका छन्।
विमानमा ७६ यात्रु र ४ जना चालक दलका सदस्य सहित कुल ८० जना सवार थिए। मिनियापोलिसबाट यात्रु बोकेको डेल्टा एयर लाइन्सको विमान धावनमार्गमा पल्टिदाँ १७ जना घाइते भएका छन् भने उक्त घटनामा कसैको पनि मृत्यु नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्याले जनाएका छन् ।
क्यानडाको प्रहरीका अनुसार दुर्घटनाको अवस्था अहिले अज्ञात छ तर, अधिकांश यात्रुहरु बाहिर निस्केका छन् । गम्भीर घाइते भएका एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेका छन् ।
क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले यस गम्भीर घटनालाई नजिकबाट नियालिरहेको बताएकी छन् । (एजेन्सी)

























