काठमाडौँ । नेप्से परिसूचक १०.६६ अंकले घटेर आज सोमबार दुई हजार ६३३.२७ को विन्दुमा कायम भएको छ।
विभिन्न ३१२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर ८७ हजार ५६४ पटक खरिद–बिक्री हुँदा रु. आठ अर्ब ९२ करोड ४० लाख ६५ हजारबराबरको कारोबार भएको छ।
बैंकिङ समूह ०.५५, होटेल तथा पर्यटन ०.५१, लगानी ०.७७, जीवन बिमा १.१०, म्युचुअल फन्ड ०.६४, निर्जीवन बिमा ०.६७, व्यापार १.८३ र अन्य समूह १.६६ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ।
विकास बैंक समूह ०.७२, वित्त ३.४६, जलविद्युत् ०.३५, उत्पादन तथा प्रशोधन ०.६७ र लघुवित्त ०.०४ प्रतिशतले बढेको छ।
न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घटेको सप्तकोशी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ८.४६ प्रतिशतले गिरावट भएको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंक लिमिटेडको रु. २९ करोड ८३ लाख ७९ हजार ८१३ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा शीर्ष स्थानमा रहेको एनएमबि– ५० को ६ लाख ७५ हजार १५९ कित्ता सेयर किनबेच भएको छ।