काठमाडौं । सरकारले संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन यहि १८ गते बोलाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वान सम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल समेत गरेका थिए ।
संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । संसदको दुवै सदनको वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।