काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरदेखि बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो।
जारी बैठकमा मन्त्रालयका नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुने एक मन्त्रीले जानकारी दिए। उनका अनुसार बैठकले संसद्को अधिवेशन बोलाउन पनि सिफारिस गर्न सक्नेछ ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ ।