काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार दुई हजार ६ सय अंकभन्दा माथि उक्लिएको छ। आजको कारोबारपछि परिसूचक ०.४८ प्रतिशत अर्थात् १२.५८ अङ्कले बढेर दुई हजार ६ सय १.२१ अंकमा पुगेको हो।
आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर ७२ हजार ५४० पटक खरिद बिक्री हुँदा रु ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ मा कारोबार भए। आजको कारोबारपछि बजारपुँजीकरण रु १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ।
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.०९, साम्लिङ पावर कम्पनीको शेयर मूल्य ७.४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य ७.३७ प्रतिशतले बढेको छ।
साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को शेयर मूल्य ६.९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको ६.४५ प्रतिशतले घटेको छ ।