काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने भएका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज विहान बसेको प्रतिपक्षी दलहरूको बैठकले संयुक्त विज्ञप्ति निकालेर दबाब दिने निर्णय गरेको हो ।
सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको वैठकले सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने निर्णय गरेको एक नेताले बताएका छन् ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत उपस्थित थिए भने रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।