काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पक्राउ परेकी लीला पछाईं ३७ लाख रुपैयाँ धरौटी जम्मा गरेर रिहा भएकी छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार पछाईंसँग ३७ लाख रुपैयाँ धरौटी मागेको थियो । तर उनले उक्त धरौटी बुझाउन नसकेपछि बिहीबार कास्की कारागार चलान भएकी थिइन् ।
छाईंले शुक्रबार जिल्ला अदालत कास्कीमा धरौटी बुझाएसँगै रिहा भएकी जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
पछाईं सूर्यदर्शन सहकारी र गोर्खा मिडिया नेट्वर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) को सहयोगीका रुपमा थिइन् ।