काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.३८ अंकले बढेर २६५३.२३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.२२ प्रतिशतले बढेर ४५१.५० विन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा बन्द भएको थियो । सो दिन ५ अर्ब ३८ करोड मूल्यको सेयर कारोबार भएको थियो। आज ३०५ स्क्रिप्सको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँमा खरिदबिक्री भए।
सामान्य अंकले बढेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढेको हो। सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।