काठमाडौं । आइतबारदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।
केन्द्रीय कमिटी बैठक मंगलबार अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य राखेसँगै सकिएको हो । बैठकले १४ प्रस्ताव पारित गर्दै बैठक सकिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकको समापन गर्दै अध्यक्ष ओलीले पार्टीमा कुनै गुट र विचारधारा नभएको प्रष्ट पारेका थिए ।
‘अध्यक्षले प्रष्ट भन्नुभएको छ, विचारधारा र गुट पार्टीमा छैन । विचारमा हाम्रो कुनै मतभिन्नता छैन,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख गौतमले भने, ‘आफ्नो कुनै कुरा राख्न मन छ भने बैठकमा राख्नुस् । यहाँ राखेका कुरा सुनिन्छ । पार्टीका विषयहरू सडकमा राख्ने र सडकबाट जनमत बनाउँछु भन्ने कुरा प्रक्रियाका हिसाबले ठिक हुँदैन ।’
राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेको निष्कर्ष छ ।
बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो।उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीनरतीन मिनेट धारणा राखेका थिए ।
यस्ता छन् बैठकले पारित गरेका १४ बुँदे प्रस्ताव