काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब ३० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
आज ३०५ स्क्रिप्सको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से सामान्य अंकले बढेपनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट बैंक,नगदी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो।
यसैगरी सिन्धु विकास बैंकको सेयर ९.७७ प्रतिशत र समृद्धि फाइनान्सको ९.०६ प्रतिशतले बढ्यो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोल्ती पावरका लगानीकर्ताले सर्वाधिक गुमाए। ती कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।