काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को राजनीतिमा फर्कने निर्णयले नेकपा माओवादी केन्द्रमा खैलावैला मच्चिएको छ ।
हिजोबाट शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका पुनका बारेमा आजको दोस्रो दिनको वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता सुदन किरातीले कुरा उठाउँदै पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको बताएका छन् ।
वैठकमा नेता किराँतीले उपराष्ट्रपति बनिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन लागेको खबरले राम्रो सन्देश नगएको बताउँदै ‘१२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौँ’ भनेका छन् ।