काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.१५ प्रतिशतले घटेर ४४२.८९ विन्दुमा अडिएको छ।
सामान्य अंकले बढेको बजारमा तीनवटा कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। अपर लघुवित्त वित्तीय संस्था,दोर्दी खोला विद्युत कम्पनी र ग्रीन भेन्चर्सको सेयर १ प्रतिशतले बढेको हो। दोल्ती पावरको सेयर ९.४४ प्रतिशतले बढ्दा ग्रीन डेभलपमेन्ट बैंकको ९.२४ प्रतिशतले बढ्यो।
यसदिन नारायणी डेभलपमेन्ट बैंकका लगातीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.८८ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर १९ करोड ९ लाख ४९ हजार ९७७ रुपैयाँको सेयर कारोबार भयो ।