काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको हो। बुधबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। मंगलबार परिसूचक १४ अंकले बढेको थियो। सो दिन ५ अर्ब २० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। यसदिन ३१० स्क्रिप्सको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँमा खरिदबिक्री भयो।
दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो ।
गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर ७.३२,प्रभु बैंकको ५.८६ र कुथेली बुखारी स्माल हाइड्रोपावरको ५.०५ प्रतिशतले बढ्यो।
आज पाँचवटा कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,नारायणी डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,जोशी हइड्रोपावर डेभलपमेन्टको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो ।