काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आकस्मिक रुपमा बोलाएको छ । कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।
सोमबार बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको विश्वकर्माीले बताएका छन् ।
अल्सरबाट लामो समयदेखि पीडित ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगीका रुपमा काम गरेका थिए ।
२०४९ मा स्थानीय निर्वाचन जितेर काठमाडौँ गरपालिकाका मेयर बनेका सिंहले ०५२ सालमा महानगरपालिका घोषणा गरेका थिए ।