दाङ । लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लमही–कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा आज बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव छन् ।
घाइतेहरुको उपचार लमही अस्पतालमा भइरहेको छ । गम्भीर अवस्थाका घाइतेलाई आफन्तको जिम्मा लगाउँदै रिफर गरिएको बताइएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।