काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनमा महेन्द्र विष्ट निर्मला शर्मालाई हराउन सक्रिय भएर लागेका छन् ।
पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेद्वार निर्मला शर्मालाई पराजित गर्न महेन्द्र विष्ट हात धोएर लागेको उच्च स्रोतले बतायो ।
इमेज टिभीका प्रमुख महेन्द्र विष्टको सो प्रतिष्ठानमा रहेको कुल २१ मतमा निर्मला शर्मालाई जम्मा ३ मत प्राप्त भएको छ भने कांग्रेसका वागी उम्मेद्वार रमेश विष्टले १८ मत पाएका छन् । यसबाट महेन्द्र विष्टको यो चुनावमा शंकास्पद भूमिका रहेको इमेज टिभी स्रोतले बतायो ।
आफ्नै उम्मेद्वारलाई पराजित गराउन लागेका महेन्द्र विष्टले पार्टीलाई अन्तरघात गरेकाले उनलाई पार्टीले तत्काल कारबाही गर्नुपर्ने इमेज टिभीमा कार्यरत एक पत्रकारले बताएका छन् । उनका अनुसार महेन्द्र विष्टले पार्टीलाई गद्दार गर्दै कांग्रेस एमालेका साझा उम्मेद्वारलाई हराउने चलखेल गरेका छन् ।