काठमाडौँ । सिमेन्टको मूल्य घट्ने भएको छ । बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउन उत्पादक संघ सहमत भएको हो ।
निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले काठमाडौं उपत्यकामा ओपीसी सिमेन्ट ७०० रुपैयाँ र पीसीसी सिमेन्ट ५०० मा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिवद्धता गरेको जानकारी दिएका छन् ।
आफूहरूले सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।
























