काठमाडौं । सेयर कारोबार साताको तेस्रो दिन आज नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन सोमबार १२.८४ अंकले घटेको नेप्से परिसूचक आज ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा पुगेको हो ।
नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३०३ स्क्रिप्सको ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँमा खरिदबिक्री भए।
सोमबार ५ अर्ब ६२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार ७ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।
























