काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार १७.८० अंकले बढेको नेप्से आज २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.१८ अंकले घटेर ४६९.०३ विन्दुमा पुगेको छ।
नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। यसदिन ३२० स्क्रिप्सको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँमा खरिदबिक्री भए।
मंगलबार ८ अर्ब ५२ मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
जोशी हाइड्रोपावर डेभलपमेन्टको सेयर ९.९८,रिभर फल्स पावरको ९.९०,इन्हवा हाइड्रोपावरको ९.७२ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर ९.४१ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो ।