काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार ९.९९ अंकले घटेको बजार आज १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा कायम भएको छ ।
नेप्स बढेसँगै कारोबार रकम पनि आइतारको तुलनामा बढेको छ। यसदिन ३१४ स्क्रिप्सको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५६४ रुपैयाँमा खरिदबिक्री भए।
अघिल्लो दिन ८ अर्ब ८३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तारागाउँ रिजेन्सी होटल,विशाल बजार,खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको हो।