काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतियार उठाउन लगाएर नेपालको दस वर्ष खेर गएको बताएका छन् ।
कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले रोजगारी दिनुपर्ने युवालाई प्रचण्डले बन्दुक बोक्न लगाएको आरोप लगाए ।
उनले ०८४ सालपछिका तीन वर्ष स्वर्ण युग रहेको र त्यहीबेला नेपालमा उद्योग, कलकारखाना खुलेको बताए । त्यतिबेला कांग्रेसले बहुमत थेग्न नसक्दा मध्यावधितिर जानुपरेको उनको भनाइ छ । उनले कीर्तिपुरको डाँडाबाटै महिनाको तीन-चार लाख कमाउन सकिने बताए ।
उनले कीर्तिपुरलाई सांस्कृतिक सहर बनाएर ललितपुर र भक्तपुरलाई जोड्न सकिने बताए। उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।