काठमाडौँ । मंगलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ९.०९ अंकले बढेर दुई हजार सात सय ११.७५ विन्दुमा कायम भएको हो।
आज ३२३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७४ हजार ३०३ पटक खरिद–बिक्री हुँदा रु. सात अर्ब नौ करोड २८ लाख ७९ हजार ९४६ बराबरको कारोबार भएको छ।
आज बैंकिङ समूह ०.२६, जीवन बिमा ०.१८, निर्जीवन बिमा ०.२१ र अन्य समूह ०.०७ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा धेरै विकास बैंक समूह ३.३८ प्रतिशतले बढेको छ। वित्त १.६६, होटेल तथा पर्यटन ०.४५, जलविद्युत् १.२८, लगानी ०.२०, लघुवित्त ०.०७, म्युचुअल फन्ड ०.३८ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नेपाल हाइड्रोडेभलपर्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु. ३२ करोड ८१ लाख ९० हजार २५९ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सात लाख ६४ हजार ५१९ कित्ता सेयर किनबेच भएको छ।