काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आउँदा सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ७.७४ प्रतिशतले घटेर ४७८.१६ विन्दुमा अडिएको छ।
३१० स्क्रिप्सको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँको कारोबार भयो। उच्च अंकले घटेको बजारमा एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।
यसदिन नगदी ग्रुपका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सो कम्पनीको सेयर ८.९३ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा नगदी ग्रुप पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४६ करोड ६८ लाख मूल्य बराबरको कारोबार गर्यो।