काठमाडौँ । बुधबार १४ अंकले घटेको नेप्से बिहीबार १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.३३ अंकले बढेर ४८६.०३ विन्दुमा कायम भएको हो ।
प्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३२१ स्क्रिप्सको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४३६ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ७ अर्ब ९१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तीय संस्था,स्वावलम्बन लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले भने यसदिन गुमाए। सो कम्पनीको सेयर ९.१२ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३५ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
यसैगरी नगदी ग्रुपको ३१ करोड,समृद्धि फाइनान्सको २७ करोड,नेपाल फाइनान्सको २१ करोड र पिपुल्स हाइड्रोपावरको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।