काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ५.०८ अंकले घटेर ४८३.६९ विन्दुमा पुगेको छ।
यसदिन ३०८ स्क्रिप्सको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४४९ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से दोहोरो अंकले घटेपनि पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट बैंक,सृजनशील लघुवित्त संस्था,मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र सृमद्धि फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो।
यसदिन कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड बढिको सेयर कारोबार भयो ।