काठमाडौँ । पछिल्लो दुई दिन दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक आज मंगलबार ११.२४ अंकले ओरालो लागेर दुई हजार ७४८.९६ विन्दुमा सीमित भएको छ।
ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अंकले ओरालो लागेर ४८८.७८ मा सीमित भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर मूल्य उकालो लाग्दा १० उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ। कुल एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर रु. सात अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ मूल्यमा खरिद–बिक्री भएको छ।
आज गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। वेस्ट फाइनान्स ९.९९, एनएलजी इन्स्योरेन्स कम्पनी ९.९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले ९.६१ प्रतिशतले कमाएका छन्।
गुडविल फाइनान्स ९.३६,आँखु खोला जलविद्युत् कम्पनी ४.९१, माछापुच्छ्रे बैंक ४.५९, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी ३.७१ र हिमालय बैंकको बन्डका लगानीकर्ताले ३.४८ प्रतिशतले गुमाएका छन्। (रासस)