काठमाडौं । सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स ९.९१ अंकले बढेर ४८७.१० विन्दुमा अडिएको छ।
उच्च अंकले बढेको सेयर बजारमा कारोबार रकममा पनि वृद्धि भएको छ। ९ अर्ब ७७ करोड बढि मूल्यको कारोबार भएको छ। यसदिन ३२५ स्क्रिप्सको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५ रुपैयाँको सेयर कारोबार भयो।
पाँच कम्पनीको मूल्य बढ्दा सानिमा ग्रोथ फण्डका लगानीकर्ताले भने गुमाए। गुराँस लघुवित्त वित्तीय संस्था,सृजनशील लघुवित्त वित्तीय संस्था,सुपर मादी हाइड्रोपावर,बलेफी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढ्यो।