काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य र आयुक्तहरुमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस भएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. आचार्य नेपाली कांग्रेसको प्रचार प्रसार विभाग तथा नीति प्रतिष्ठानको सदस्य सचिव भइसकेका छन् । प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष विष्ट नेकपा एमाले प्रचार विभाग सचिव हुन् । पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य भण्डारी नेकपा एमाले निकट हुन । उनी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन् ।
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।
यही व्यवस्था अनुसार सिफारिस समितिले उनीहरुको नाम प्रस्ताव गरेको हो । मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।