काठमाडाैं । यस वर्ष तिहारमा भाइमसलाको मूल्य करिव ३० प्रतिशतले वृद्धि भएको छ ।
काठमाडौंको असनमा वर्षौंदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् । भाइ मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाइमसलाको मूल्य करिव ३० प्रतिशतले बढ्न गएको बताए । उनले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाइमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताए । मूल्य बढेकाले यस पटक भाइमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ ।