काठमाडौँ । तिहार बिदाको अघिल्लो दिन नेप्से परिसूचक १४.४३ अंकले घटेर बन्द भएको छ ।
तिहार अघिको अन्तिम कारोबार बुधबार नेप्से सूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको छ।
आज ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ।
आज कारोबारमा भएका १३ उपसमूहमा ३ उपसमूहको सूचक सकारात्मक छन् भने बाँकी १० उपसमूहको सूचक नकारात्मक रहेको छ।
आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अपर स्यांगे हाइड्रोपावर ९.९९ प्रतिशत र कुथलि बुखरी हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ।
यसैगरी जानकी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ४.९० प्रतिशत घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.८० प्रतिशत र माथिल्लो मैलुङको ४.५५ प्रतिशतले घटेको छ।