काठमाडौँ । बुधबार नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ भने कारोबार रकम भने बढेको छ । बुधबार ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
बैंकहरुको वित्तीय विवरण प्रकाशन पछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो तर बैंकहरुले आम्दानी बढाउन नसकेको र राष्ट्र बैंकको सहुलियतले मात्रै नाफा बढाएको विवरण सार्वजनिक गरेपछि शेयर बजारमा बिक्रीकर्ता हाबी भएका हुन।
बुधबार कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स र व्यापार बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा बैंकिंग उपसमूह सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ।
बुधबार आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ भने कुमारी बैंकको २६ करोड ९७ लाख र साहस उर्जाको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीहरुमध्ये बुधबार आइसिएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको ९.९३ प्रतिशत र मञ्जुश्री फाइनान्सको ६.६७ प्रतिशतले बढेको छ।
यता महुली लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेकाे छ भने हिमालयन बैंकको ४.०७ प्रतिशत, सिटिजन्स बैंकको ३.९७ प्रतिशत र ग्रिन भेन्चर्सको ३.९३ प्रतिशतले घटेको छ ।