काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्ने तयारी रहेको छ।
सत्तारुढ दलहरूको बैठकमा पनि १०० दिनको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा छलफल भइरहेको जनाइएको छ।